काठमाण्डौ । जब एसियाली क्षेत्रमा कोरोना रोकथाम र नियन्त्रणको सफलताको कुुरा आउँछ तब, सबैभन्दा पहिले दक्षिण कोरिया, ताइवान र हङकङको नाम अगाडि आउने गर्दछ । तर यस विषयमा बेवास्ता गरिएको एउटा सफलताको कथा पनि रहेको छ । जुुन कथा हो भियतनामको ।
कुल ९ करोड ७० लाख जनसंख्या भएको भियतनाममा अहिलेसम्म कोरोनासँग सम्बन्धित कुुनै पनि मृत्युुको घटना देखिएको छैन । शनिबारसम्म यहाँ कोरोनाका ३२८ जना मात्रै संक्रमित देखिएका छन् । चीनसँगको लामो सिमाना र प्रत्येक वर्ष लाखौं चिनिया पर्यटकहरुको भियतनाम भ्रमणका बाबजुत पनि यहाँ कोरोना संक्रमणका घटनाहरु ज्यादै नै न्यून देखिएका छन् ।
अझ अर्काे महत्वपूर्ण कुुरा के भने भियतनाम निम्न मध्य आय भएको देशमा गनिन्छ र यहाँको स्वास्थ्य प्रणाली यस क्षेत्रका अन्य देशहरुको तुुलनामा कमजोर रहेको छ । विश्व बैंकका अनुुसार यहाँ प्रत्येक १० हजार जनामा जम्मा ८ वटा डाक्टरहरु उपलब्ध रहेका छन् । दक्षिण कोरियामा यो संख्या एकतिहाई रहेको छ ।
तीन साता लामो राष्ट्रव्यापी लकडाउनपछि अप्रिल महिनाको अन्त्यबाट भियतनाम सरकारले सामाजिक दुुरीका नियमहरुलाई खुुकुुलो पारेको थियो । ४० दिनबाट यहाँ कुुनै पनि स्थानीय संक्रमणका केसहरु देखिएका छैनन् । व्यापार, व्यवसाय र स्कुुलहरु पुुनः खुुल्ला गरिएका छन् र आम जनजीवन फेरि सामान्यतर्फ अग्रसर भइरहेको छ । तर केहीलाई भने भियतनाम सरकारको यो आधिकारिक आँकडा माथि आशंका पनि हुुन सक्छ ।
कोरोनाको उपचार गर्न भियतनाम सरकारले मुुख्य अस्पतालमा खटाएका संक्रामक डाक्टर गाइ थावेइटिस्ले यि आँकडाहरु वास्तविकतासँग संग मेल खाने बताएका छन् । “म सधै वार्डहरुमा जाने गर्दछुु । मलाई कति जना संक्रमित छन् भन्ने जानकारी हुुन्छ र अहिलेसम्म मृत्युुका कुुनै पनि घटनाहरु देखिएका छैनन् ।” उनले भने ।
आखिर भियतनाम कसरी विश्वमा फैलिरहेको कोरोनाको डरलाग्दो कहरबाट जोगिन पुुग्यो त ? सार्वजनिक स्वास्थ्य विज्ञहरुका अनुुसार यो प्रश्नको उत्तर भियतनाम सरकारले सुुरुवाती चरणमा चालेका कदमहरुको सम्मीश्रणमा रहेको छ । जसमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टिन सुुविधा र प्रभावकारी सार्वजनिक सञ्चार जस्ता तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रारम्भिक कदम
कोरोनाको पहिलो संक्रमण देखिनुु भन्दा हप्तौअघिदेखि भियतनामले कोरोनाको सम्भावित प्रकोपका लागि तयारी थालिसकेको थियो । त्यतिबेला चिनियाँ अधिकारीहरु र विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने कुुनै पनि स्पष्ट प्रमाण नभेटेको बताएका थिए । तर भियतनाम कुुनै पनि खतरा उठाउन चाहदैनथ्यो । “हामीले विश्व स्वास्थ्य संगठनको निर्देशिकालाई मात्रै कुरेर बसेनौ । हामीले देशभित्र र बाहिरबाट जम्मा गरेका डेटाहरुलाई प्रयोग गर्यौ र प्रारम्भिक कदम चाल्ने निर्णय गर्यौ ।” भियतनाको राष्ट्रिय स्वास्थ्य तथा महामारी संस्था अन्तर्गतको संक्रमण नियन्त्रण विभागका सहायक प्रमुुख फाम क्वाङ थाईले भने ।
जनवरी महिनाको सुुरुवाततिरैबाटै हानोई अन्तराष्ट्रिय विमानस्थलमा आउने यात्रुुहरुका लागि तापक्रम नाप्ने यन्त्र जडान गरिएको थियो । तापक्रम उच्च र ज्वरो देखिएका यात्रुुहरुलाई भिन्दै राखेर सुुुपरीवेक्षण गरिएको थियो । मध्य जनवरीदेखि उपप्रधानमन्त्री भुु डकले सरकारी संस्थाहरुलाई भियतनाममा कोरोनाको फैलावट रोक्नका लागि कठोर उपायहरु अबलम्बन गर्न आदेश दिएका थिए । यसमा सिमा नाकाहरु र विमानस्थलहरु र सामुुन्द्रिक नाकाहरुमा मेडिकल क्वारेन्टिन स्थापना गर्ने विषयहरु समावेश थिए ।
जनवरी २३ मा भियतनाममा पहिलो कोरोनाको केस देखिएको थियो । भियतनाममा बस्ने छोरा र वुहानबाट उनलाई भेट्न आएका उनका बुुवालाई कोरोना देखिएको थियो । यो घटनाको दोस्रो दिनदेखि नै भियतनाम सरकारले वुुहानबाट आउने र जाने सबै उडानहरु रद्ध गरेको थियो । सम्पूर्ण देश लुुनार नयाँ वर्षको बिदामा रमाइरहेका बेला देशका प्रधानमन्त्री नुुग्एन छुुहान फुुकले कोरोना विरुद्ध युुद्धको घोषणा गरेका थिए । उनले यो महामारीसँग लड्नुु भनेको शत्रुुसंग लड्नुु जस्तै भएको बताएका थिए ।
यसको तीन दिनपछि कोरोनाको प्रकोपलाई नियन्त्रण गर्नका लागि उनले राष्ट्रिय संगठनको स्थापना गरेका थिए । सोही दिन विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसलाई अन्तराष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । फेबु्रअरी १ मा भियतनाम सरकारले कोरोनालाई राष्ट्रिय महामारी घोषणा गरेको थियो । त्यतिबेला त्यहाँ कोरोनाका ६ वटा केसहरु देखिएका थिए ।
चीन र भियतनामबीचका सबै हवाई उडानहरु रद्ध गरिएका थिए र चिनियाँ नागरिकहरुको भिसा पनि रद्ध गरिएको थियो । त्यसको केही दिनपछि सबै विदेशीहरुलाई भियतनाम प्रवेशमा रोक लगाइएको थियो । लकडाउनलाई भियतनामले प्रभावकारी ढंगले लागू गरेको थियो ।
फेबुु्रअरी १२ मा ७ वटा कोरोना संक्रमितहरु देखिएपछि हानोईको १० हजार बसोबास भएको एउटा सिंगो ग्रामीण समुुदायलाई २० दिनसम्मका लागि सिल गरिएको थियो । यो लकडाउन चीनभन्दा बाहिर गरिएको पहिलो थियो ।
लुुनार नयाँ वर्षपछि खुुल्ने भनिएका स्कुुल र विश्वविद्यालयहरु बन्द गरिएका थिए । विज्ञहरुका अनुसार कोरोनाको नियन्त्रणमा भियतनामले पाएको सफलता पछाडि उसले चालेका तीव्र प्रतिक्रियाहरु मुख्य कारण हुुन् ।
सावधानीपूर्वक गरिएको कन्ट्रयाक ट्रेसिङ
भियतनाम सरकारले चालेका सुुरुवाती कदमहरुले सामुुदायिक प्रसारणलाई प्रभावकारी रुपमा अंकुुश लगाएको थियो । पहिलो तीन सातासम्म कुुनै पनि नयाँ संक्रमणहरु देखिएको थिएन । तर विदेशबाट फर्केकाहरुले मार्च महिनामा संक्रमण दोस्रो लहर निम्त्याएका थिए ।
अधिकारीहरुले संक्रमितहरुको ठेगाना पछ्याउँदै उनीहरुलाई दुुई साताको अनिवार्य क्वारिन्टनमा राखेका थिए ।
देशमा रहेका ६३ वटा प्रान्तीय, ७०० वटा जिल्लास्तरीय र ११ हजारवटा सामुुदायिक रोग नियन्त्रण केन्द्रहरुबाट संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङ गरिएको थियो । संक्रमितहरुलाई उनीहरुले बितेको १४ दिनभित्र भेटेका सबै जनाको सूचि बनाउन लगाइएको थियो । कोरोना संक्रमितहरु कहिले र कहाँ कहाँ देखिएका थिए भन्ने जानकारी दिन टिभी र पत्रपत्रिकामा सूचनाहरु जारी गरिएका थिए ।
त्यस्तै त्यसबेला कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुलाई परीक्षण गर्न आदेश दिइएको थियो । जब हानोईमा अवस्थित सबैभन्दा ठूलो बाच माई अस्पताल दर्जनौ संक्रमितका साथ कोरोनाको हटस्पट बन्यो, तब अधिकारीहरुले अस्पतालको स्वास्थ्य सेवामा लकडाउन गर्दै अस्पतालसँग जोडिएका र सम्पर्कमा आएका करीब १ लाखको पहिचान गरेर परीक्षण गरेका थिए ।
प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यकेन्द्र, होटल र मिलिटेरी क्याम्पको क्वारेन्टिनमा राखिएको थियो । केही अप्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई भने सेल्फ क्वारेन्टिनमा बस्न भनिएको थियो । मे १ सम्म करीब ७० हजार जनतालाई सरकारी सुुविधायुुक्त क्वारेन्टिनमा राखिएको थियो भने १ लाख ४० हजार जनालाई होटेल र घरको क्वारेन्टिनमा राखिएको थियो ।
यसका साथै कोरोनाबारे जनतालाई सचेत बनाउन विभिन्न सचेतनामूलक सन्देशहरु प्रवाह गरिएको थियो । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा जनताका मोबाइलमा सचेतनामूलक एसएमएसहरु पठाएको थियो । कोरोना सम्बन्धी जानकारी र केही समस्या परे हटलाइन नम्बरको व्यवस्था गरिएको थियो ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago