काठमाण्डौ । कोरोनाभाइरसका कारण सम्पूर्ण विश्वको रुपरेखा बदलिएको छ। कोरोना महामारीको प्रभाव प्रत्येक व्यक्तिमा परेको छ।

लामो समयको अन्तरालपछि केही देशले लकडाउन खुुकुुलो पारिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा पहिलेदेखि चलिआएको बानी व्यहोरा, मानिसको जीवनशैली र दैनिक क्रियाकलापमा व्यापक परिवर्तन आउने देखिएको छ। यसको सुुरुआत विश्वका केही देशहरुमा देखिएको छ। आउनुुस् जानौँ कोरोनाले कुुन–कुुन क्षेत्रमा परिवर्तन ल्याउने छ त ? 

कक्षाकोठा

विभिन्न देशमा समाजिक दूरीको नियम पालना गरी प्राथमिक स्कुुलहरु खोलिएका छन्। जुुन शिक्षक र विद्यार्थीका लागि एउटा परीक्षाका रुपमा रहेको छ। कक्षाकोठाहरु बदलिएका छन् र अभिभावकहरु आफ्ना बालबालिकाको स्वास्थ्यलाई लिएर चिन्तित छन्। 

इटलीको इवरियामा दुइटा किन्डर गार्डेन परीक्षणका रुपमा पुुनः सुुचारु गरिएका छन्। ता कि यो थाहा पाउन सकियोस् कि लकडाउनपछि स्कुुलहरुलाई फेरि कसरी सुुचारु गर्न सकिन्छ। 

पार्क 

याद गर्नुुस् त ती पल जबहरु तपाइँ पार्कमा स्वतन्त्र भएर मानिसहरुबीच रमाउनुुहुुन्थयो। तर अब लकडाउनपछि यो सबै दृश्यहरु फरक देखिनेछन्। विश्वका देशहरुमा खेलकुुद गतिविधिहरु ठप्प भएका छन् भने केही हरियाली क्षेत्रहरु भने खुुला गरिएका छन्। ता कि पछि सामाजिक दूरीको नियमलाई पालना गर्न सकियोस्। 

अमेरिकाको बुु्रकलिनमा रहेको डोमिनो पार्कको चौरमा रहेका घाँसेमैदानमा भिन्दा–भिन्दै मार्किङ गरिएको छ। जसमा मानिसहरु एकअर्कासँग टाढा भएर पिकनिक खान सक्छन् र घाम ताप्न सक्छन्। 

कामकाज

लकडाउनका क्रममा धेरैजसो मानिसहरु घरबाटै कार्यालयका काम गरिरहेका छन्। आफ्ना सहकर्मीसँग भिडियो कलमार्फत जोडिरहेका छन्। तर जब सबै कुुरा पहिलेको जस्तै गरी सुुरु हुुन्छ तब कार्यालयका कक्षहरु पनि परिवर्तन हुुनेछन्। 

दक्षिण अफ्रिकाको जोहनसबर्गमा प्लास्टिकको क्युुबिकल्स बनाइएको थियो। जहाँ ३० करोड फूलको गुुच्छाहरु लिलामी गरेर बेचिएको थियो।

खरिदबिक्री 

कोरोनाको प्रभावका कारण उपभोक्ताको खरिद गर्ने बानीमा पनि परिवर्तन आएको देखिएको छ। यतिबेला अनलाइन खरिद बिक्रीमा व्यापक वृद्धि भएको छ। त्यस्तै सुुपरमार्केटहरुमा सामाजिक दूरीको नियम पालना गरी सामान खरिद गर्नेहरुको लामो लाइन देख्न सकिन्छ। 

नेदरल्यान्ड्समा एकजना टेलर कोरोनाभाइरसको संक्रमणबाट बच्न प्लेक्सिग्लासको प्रयोग गरिरहेका छन्। प्लास्टिकमा भएको प्वालमा हात हालेर उनी आफ्ना ग्राहकको सुुटको नाप लिने गर्दछन्। 

बाहिर गर्ने खानपिन 

के हामी फेरि रेस्टुुराँमा गएर आफ्नो परिवार र साथीभाइसँग बसेर खानपिन गर्न सक्छौँ ? थाइल्यान्डको बैंककमा सामाजिक दूरी लागू गर्नका लागि कार्डबोर्ड र प्लास्टिक सिटको माध्यमबाट अलग गरिएको टेबलमा मानिसहरु खाना खाइरहेका छन्। कयाँै रेस्टुुराँहरुले सामाजिक दूरीको नियम लागू गर्न टेबल र प्लास्टिक सिटको माध्यमबाट विभाजन गरिरहेका छन्। 

कन्सर्ट

अहिले विश्व पहिलेजस्तो गरी नचलिरहेको छैन। तर यसको अर्थ यो होइन कि हामी पहिले जसरी मनोरञ्जन गर्ने गर्दथ्याँै फेरि गर्ने छैनौँ। जस्तो कि संगीत। लकडाउन समाप्त भएपछि मानिसहरु फेरि कन्सर्टमा जानेछन् तर यसमा पनि केही परिवर्तन देखिनेछन्। 

दक्षिण कोरियामा एउटा कन्सर्ट गरिएको थियो। जसमा मानिसहरुले आफ्नो कारबाटै यसको मनोरञ्जन लिएका थिए। – एजेन्सी