ठमाण्डौ। अन्तर्राष्ट्रिय यात्रुुहरुका लागि यो गर्मीयाममा विश्वभरका कयौँ ठूला पर्यटकीय गन्तव्यहरु पुुनः खुुल्ने भएका छन्। तर सबै गन्तव्यहरु समान रुपले खुुल्ने छैनन्।

केही निश्चित देशहरुले मात्रै विश्वभरका सबैलाई आफ्नो देशमा प्रवेश गर्ने अनुुमति प्रदान गर्ने छन्। अन्यले कम मात्रामा मात्रै प्रवेशका लागि निमन्त्रणा दिनेछन्। 

यहाँ हामी तपाइँहरुलाई ती देशहरुका बारेमा बताउँदैछौँ जसले पर्यटकको स्वागत गर्दैछन्। यी देशले अगस्ट महिनाअघि नै स्वागत गर्ने संकेत पनि गरेका छन्। 

क्यारिबियन 

क्यारिबियनका केही चर्चित टापुुहरु पहिले नै खुुलिसकेका छन्। यो सूचीमा एन्टिगुुवा, यूएस भर्जिन आइल्यान्ड र सेन्ट लुुसियाजस्ता गन्तव्यहरु रहेका छन्। 

जुुन १५ देखि जमैकाले सबै अन्तर्राष्ट्रिय यात्रुुहरुका लागि खुुला गर्ने भएको छ। बहमासले पहिलेदेखि नै नौका विहार र निजी उडानहरुलाई खुुला गरिरहेको छ भने जुुलाई १ गतेदेखि सबैका लागि खुुला गर्ने भएको छ। 

बर्मुुडाले पनि जुुलाई १ गतेदेखि अन्तर्राष्ट्रिय यात्रुुका लागि आफ्ना नाकाहरु खोल्ने भएको छ। जुुलाई १ देखि नै अरुबाले क्यानडा, युुरोप र अन्य क्यारेबियन टापुुका यात्रुुहरुलाई स्वागत गरिरहेको छ। 

अमेरिकीहरुले भने जुुलाई १० देखि यात्रा गर्न सक्ने भएका छन्। प्युुटेरिको सीमा नाका जुुलाई १५ बाट खोल्ने भएका छन्। तर टर्क र काइकोस यात्रा गर्नेले भने केही ढिलासम्म कुुर्नुुपर्ने भएको छ। यहाँ जुुलाई २२ बाट सिमा नाकाहरु खुुल्ने भएको छ। 

ग्रेननाडाका प्रधानमन्त्रीका अनुुसार जुुन ३० देखि त्यहाँका सिमा नाकाहरु खुुल्नेछन्। 

युुरोप 

गत बुुधबार युुरोपियन युुनियनले यस क्षेत्रभन्दा बाहिरका यात्रुुलाई जुुलाई १ देखि युुरोप प्रवेशका लागि अनुुमति प्रदान गर्ने जनाएको थियो। युुरोपियन युुनियनका उपाध्यक्ष जोसेफ बोरेलका अनुुसार युुरोप यात्रामा लागेको प्रतिबन्धहरु आंशिक र विस्तारै हट्दै जाने छन्। 

जोखिम कम भएका देशहरुका यात्रुहरुलाई सबैभन्दा पहिले युुरोप प्रवेशका लागि अनुुमति दिइने सम्भावना रहेको छ। यसमा अमेरिकी नागरिकहरु भने पर्ने छैनन्। इटली र बुुलगेरियाले धेरैजसो युुरोपेली यात्रुुहरुका लागि आफ्ना सीमा नाकाहरु खुुला गरिसकेका छन्। अस्ट्रिया, क्रोयसिया, साइप्रस, हंगेरी, मोन्टेनेग्रो, पोर्चुुगल, स्लोभेनिया र स्लोभाकियाजस्ता देशले पनि आफ्ना नियमहरुलाई केही खुुकुुलो बनाएका छन्। यद्यपि उनीहरुले प्रतिबन्धित देशरुहको सूची बनाएका छन्। 

अर्काे साता युुरोपले गर्मीयामका लागि पुुनः खुुला गर्नेबारे एउटा विशाल छलाङ लिने भएको छ। जर्मनीले जुुन १५ मा ३१ वटा युुरोपेली देशहरुका लागि लागेका प्रतिबन्धहरु हटाउँदैछ। त्यस्तै ग्रिसले २९ वटा युुरोपेली देशहरुका प्रतिबन्धहरु हटाउँदैछ। 

नेदरल्यान्डसले १२ वटा युुरोपेली देशहरुका लागि प्रतिबन्ध हटाउने भएको छ। आइल्यान्ड, स्विट्जरल्यान्ड र बेल्जियमले सबै युुरोपेली देशहरु र सेन्जेन क्षेत्रका यात्रुुहरुका लागि आफ्ना सीमा नाकाहरु खुुला गर्ने भएका छन्। 

फ्रान्सले पनि यो निर्णयको अनुुशरण गर्ने संकेत गरेको छ। नर्डिक देशहरु नर्वे, डेनमार्क र फिनल्यान्डजस्ता देशहरुका बीचमा रहेका प्रतिबन्धहरु सहज हुुने भएका छन्। 

यो सूचीमा कोरोना संक्रमणका लागि भिन्न रणनीति अपनाएको स्विडेनलाई भने समावेश गरिएको छैन। स्पेनले युुरोपेली देशहरु र सेन्जेन क्षेत्रका राष्ट्रहरुका लागि जुुलाईबाट सीमा नाकाहरु खुुला गर्ने योजना बनाएको छ। २६ वटा युुरोपेली देशहरु र युुरोप क्षेत्र बाहिरका स्विट्जरल्यान्ड, नर्वे, लेच्टेनटिन, आइसल्यान्ड र बेलायतजस्ता देशहरु सिन्जेन क्षेत्रमा पर्ने गर्दछन्। 

एसिया 

एसियामा लामो समयदेखि बिदा मनाउन आउनेहरुका लागि प्रतिबन्ध लगाइएको छ। जापान, भियतनाम र सिंगापुरले कहिलेदेखि खुुल्ने भन्नेबारेमा कुुनै मिति तोकेका छैनन्। तथापि इन्डोनेसियाको बाली भने अक्टोबरदेखि पुुनः खुला गरिने भएको छ। 

जुुलाई १ देखि खुुला हुुने गरिएको अफवाह थाइल्यान्डको पर्यटन अथोरोटिका गर्भनर युुथासक सुुपासर्नले गत महिना वर्षको चौथो त्रैमासमा मात्रै खोल्ने भनेपछि गलत सावित भएको थियो। माल्दिभ्समा जुुलाई १ देखि नौका विहार र निजी जेटहरु सञ्चालन भइरहेका छन् भने जुुलाई १ गतेदेखि व्यावसायिक उडानहरु पुुनः सुरु हुुने भएका छन्। 

टर्कीले पनि जुुलाईदेखि पर्यटकलाई स्वागत गर्ने भएको छ। श्रीलंकाले अगस्ट १ देखि आफ्ना सीमा नाकाहरु पुुनः खोल्ने भएको छ। तर उसले यसका लागि केही मापदण्डहरु तोकेको छ। 

फ्रेन्च पोलिनेसिया 

फ्रेन्च पोलिनेसियाले जुुलाई १५ देखि सबै देशका पर्यटकहरुका लागि आफ्ना सीमाहरु खुुला गर्ने घोषणा गरेको छ। 

उत्तर अमेरिका 

अमेरिका प्रवेशका लागि केही राष्ट्रका नागरिकका लागि प्रतिबन्धहरु लागू गरिएको छ। तर अन्य देशका नागरिकका लागि भने १४ दिनको अनिवार्य क्वारेनटिनमा बस्नुुपर्ने प्रावधान बनाइएको छ। 

क्यानडा प्रवेश गर्नेहरुले पनि दुुई सातासम्म क्वारेनटिनमा बस्नुुपर्ने नियम बनाइएको छ। अमेरिका र क्यानडाका सीमा नाकाहरु जुुन २१ सम्मका लागि बन्द गरिएको छ। मेक्सिकोले भने राज्यपिच्छे खुुला गर्ने रणनीति बनाएको छ। 

मध्यपूर्व 

इजरायलदेखि कतारसम्मका अधिकांश देशहरुले यात्रामा लागू गरिएका प्रतिबन्धहरु खोल्नेबारे कुुनै जानकारी उपलब्ध गराएका छैनन्। दुबईमा गर्मीयामको मध्यबाट मात्रै यात्रा गर्न सकिने सम्भावना रहेको छ। 

अफ्रिका

अफ्रिकाका चर्चित गन्तव्यहरु मोरोक्को र दक्षिण अफ्रिकाले सीमा नाकामा लागेको प्रतिबन्धहरु कहिले खोल्ने भन्नेबारे कुुनै घोषणा गरेका छैनन्। 

रिपोर्टका अनुुसार दक्षिण अफ्रिका सन् २०२१ सम्म नखुुल्न सक्छ। ट्युुनिसियाले जुुन २७ देखि अल्जेरिया र केही निश्चित युुरोपेली देशका नागरिकका लागि आफ्नो हवाई स्थलगत र सामुुद्रिक नाकाहरु खोल्ने भएको छ। तान्जानियाले सबै देशका नागरिकका लागि मे महिनादेखि नै आफ्ना सीमा नाकाहरु खुुला राखेको छ। 

दक्षिण अमेरिका

धेरैजसो दक्षिण अमेरिकी देशहरु जस्तै– बोलिभिया, ब्राजिल, चिली, पेरुजस्ता देशहहरुले तत्काल आफ्ना सीमा नाकाहरु खोल्न सक्ने कुुनै अवस्था छैन। कोलम्बियाले अगस्ट ३१ सम्मका लागि सबै उडानका यात्रुुहरुलाई यात्रामा प्रतिबन्ध लगाएको छ। अर्जेन्टिनाले पनि सेप्टेम्बर १ सम्म सबै उडानमा प्रतिबन्ध लगाएको छ। – एजेन्सी