काठमाण्डौ । दुबई मध्यपूर्वको वित्तीय तथा कारोबार केन्द्रका रुपमा परिचित छ। तर कोरोनाभाइरसले दुबईलाई आर्थिक रुपले दुब्लो बनाइदिएको छ।
यो वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष विदेशी लगानीमा गत वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशतले गिरावट आएको छ। दुबई सरकारका अनुसार पछिल्लो ६ महिना अर्थात जुन ३० सम्म त्यहाँ १२ अर्ब दिरहम विदेशी लगानी भित्रिएको छ। जब कि गत वर्ष यही अवधिसम्म दुबईमा ४६ अर्ब दिरहम लगानी भित्रिएका थियो।
दुबई इन्भेस्टमेन्ट डेभलपमेन्ट एजेन्सीका प्रमुख कार्यकारी फहद अल जरगावीका अनुसार कोरोना महामारीले दुबईको सप्लाई चेन पूर्ण रुपमा ठप्प भएको छ। ‘व्यापारिक गतिविधिहरु प्रतिबन्धका कारण ठप्प भए, मानिसहरु घरभित्रै बस्न बाध्य भए’, उनले भने, ‘यो महामारीको चुनौती अझै सकिएको छैन तर हामी भविष्यलाई लिएर निकै आशावादी छौँ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि दुबईमा पनि लकडाउन लागू गरिएको थियो। यसले गर्दा त्यहाँको कारोबार ठप्प भयो र हालसम्म पनि लयमा फर्किन सकेको छैन।
दुबईमा हालसम्म कोरोनाबाट ६१ हजार ३५२ जना संक्रमण भएका छन्। तीमध्ये ३५१ जनाको ज्यान गइसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago