काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४७ करोड ३३ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।
विकास बैंकमध्येको उत्कृष्ट यो बैंकको सेयर प्रिमियम र गत वर्षको रिटेन अर्निङ गरी ८ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसरी यो कम्पनीले अघिल्लो आफ्ना सेयरधनीलाई ५६.१६ करोड लाभांशको रुपमा वितरण गर्नसक्छ । बैंकको चुक्तापूँजी ४ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । यो हिसाबले यो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १२.९८ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिन्छ ।
कोभिड १९ का कारण यो बैंकको खूद नाफा ६५ करोड रहेको छ । अघिल्लो वर्षको खूद नाफा ८५ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।
कोरोना संकटका बीच थपिएका नियामकीय व्यवस्था र प्रोभिजनतर्फ बढेको दायीत्वका कारण यो बैंकको नाफामा समेत सामान्य प्रभाव परेको देखिएको छ ।
समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको संचालन मुनाफा घटेर ९२ करोड १७ लाखमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब २१ करोड ८५ लाखको उचाईमा थियो । चौथो त्रैमासमा मात्रै यो बैंक ४ करोड ३८ लाख संचालन घाटामा गएको देखिन्छ ।
समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानी भने बढाउने सफलता पाएको छ । अघिल्लो वर्ष १ अर्ब ८९ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब २२ करोड माथि पुगेको छ ।
यो अवधिमा बैंकले ६७ करोड ९१ लाखमा सीमित रिजर्बको आकार बढाएर ९० करोड ४२ लाखको उचाई चुमाएको छ ।
समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले ५७ अर्ब २९ करोड ५२ लाख बढी निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४१ अर्ब ४७ करोड निक्षेप संकलन गरी ३८ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा कोरोना संकटका बीच बैंकले निक्षेप ३८.१५ प्रतिशतले बढाएको छ भने कर्जाको आकार २५.०२७ प्रतिशतले बढाएको छ ।
अघिल्लो वर्ष ०.०७ प्रतिशतमा रहेको खराब कर्जाको अनुपात बढेर ०.५३ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७४.८९ प्रतित रहेको देखिएको छ ।
कस्ट अफ फण्ड घटेर ७.५२ प्रतिशतमा सीमित भएको छ भने बेस रेट समेत घटेर ९.९८ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.०५ गुणा, प्रतिसेयर नेटवर्थ १३३.८९ रुपैयाँ, पूँजीकोष अनुपात १२.८३ प्रतिशत रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago