काठमाण्डौ । कोरोना संकटका कारण ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ५९.६७ प्रतिशतले घटेको छ। 

गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा ८ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षको यही अवधिमा संस्थाको खुद नाफा २० करोड ५३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा १ करोड २० लाख रुपैयाँ रहेको छ। जब कि अघिल्लो वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २४ करोड ८६ लाख रुपैयाँ रहेको थियो। 

गत आर्थिक वर्षको चौथो त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत भने १ अर्ब ३ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९७ करोड ९ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई १० अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ अर्ब ९० करोड रुपैयाँ सापटी लिई ९ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १८.८९ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष ५० करोड ९९ लाख रुपैयाँको रिभर्जको आकार समीक्षा अवधिमा बढेर ६० करोड ६३ लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँको रहेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.४३ रुपैयाँ रहेकोछ। पीई रेसियो ६६.४३ गुणा रहेको संस्थाको प्रतिसेयर कुल नेटवर्थ १६१.७१ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३०.५० रुपैयाँ रहेको छ।