काठमाण्डौ। कोरोना महामारी सुरु भएसँगै विश्वभर प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने लहर चलेको छ।
विश्वव्यापी रुपमा सन् २०२० मा १ हजार ४१५ वटा आईपीओ निष्कासनबाट ३३१.३ बिलियन डलरबराबरको पुँजी जुटेको छ। जुन सन् २०१९ को तुलनामा ६६.३१ प्रतिशतले धेरै हो।
विश्वव्यापी रुपमा सन् २०१९ मा १०४० आईपीओ निष्कासनबाट १९९.२ बिलियन डलरबराबरको पुँजी उठाईएको थियो।
सन् २०२० मा सबैभन्दा आईपीओ निष्कासनबाट सबैभन्दा धेरै पुँजी जुटाउनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकाले सन् २०२० मा विश्वको कुल निष्कासनको ५३ प्रतिशत अर्थात १७५.५८९ बिलियन डलरबराबरको आईपीओ निष्कासन गरेको छ।
यो सूचीमा चीन दोस्रो स्थानमा रहेको छ। चीनले सन् २०२० मा ५६.३२१ बिलियन डलरबराबरको आईपीओ निष्कासन गरेको थियो। जुन विश्वको कुल निष्कासनको १७ प्रतिशत हो।
यसैगरी यो सूचीको तेस्रो स्थानमा हङकङ रहेको छ। हङकङले सन् २०२० मा आईपीओ निष्कासनबाट ३३.१३ बिलियन डलरबराबरको पुँजी जुटाएको थियो। जुन विश्वको कुल आईपीओ निष्कासनको १० प्रतिशत हो।
ब्राजिल र बेलायतले पनि विश्वको कुल आईपीओ निष्कासनको ३ र २ प्रतिशत आईपीओ निष्कासन गरेको छ। यी देशहरु क्रमशः चौथो र पाचौँ स्थानमा छन्।
भारत सूचीको नवौँ स्थानमा रहेको छ। भारतमा ४३ वटा निष्कासनबाट ४.०९ बिलियनबराबरको पुँजी जुटाइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago