काठमाण्डौ । भारतमा तीव्र बनेको कोरोनाको दोश्रो लहर यो वर्षको जुलाईसम्म रोकिनसक्छ । र, त्यसको करिब ६ देखि ८ महिनाभित्र कोरोनाको तेश्रो लहर सुरु हुनसक्छ । यस्तो प्रक्षेपण भारत सरकारको विज्ञान मन्त्रालयअन्तर्गतको विज्ञान तथा प्राद्यौगिक विभागबाट गठित वैज्ञानिक सम्मिलित तीन सदस्यीय प्यानलले सार्वजनिक गरेको हो । सो प्यानलले आफ्नो प्रक्षेपण सार्वजनिक गर्दै भारत सरकारलाई अलर्ट समेत गराएको छ ।
एक अन्तर्राष्ट्रिय मोडल सूत्र SUTRA(संवेदनशील, अनिर्धारित, परीक्षण(सकारात्मक) तथा हटाइएको दृष्टिकोण)को प्रयोग गरी वैज्ञानिकहरुले भविष्यवाणी गरेका छन् कि मे महिनाको अन्तसम्म भारतमा प्रतिदिन १.५ लाख कोरोना संक्रमित थपिनेछन् । जून महिनाको अन्तसम्म दैनिक २० हजारसम्म मात्र संक्रमित थपिनेछन् । जुलाईसम्म दोश्रो लहर थामिनसक्छ ।
सो प्यानलका एक सदस्य तथा आइआइटी कानपुरका प्रोफेसर मनिन्द्र अग्रवालले भनेका छन् कि महाराष्ट्र, उत्तरप्रदेश, कर्नाटक, मध्यप्रदेश, झारखण्ड, राजस्थान, केरला, सिक्किम, उत्तराखण्ड, गुजरात, हरियाणा बाहेक दिल्ली र गोवा जस्ता राज्यहरुमा कोरोनाको दोश्रो लहरको पीक आइसकेको छ । तमिलनाडूमा मे २९ देखि ३१ सम्म र पुडुचेरीमा मे १९ देखि २० सम्म पीक आइसक्नेछ ।
भारतको पूर्वी तथा पूर्वोत्तर राज्यहरुमा भने अझै पीक आउन बाँकी रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । आसाममा मे २० देखि २१ सम्म, मेघालयमा ३० मेसम्म, त्रिपुरामा २६ देखि २७ मेसम्म पीक आउनसक्नेछ । हिमाञ्चल तथा पञ्जाब प्रदेशमा अझै कोरोना संक्रमित बढ्ने क्रम जारी रहेको छ । हिमाञ्चल प्रदेशमा मे २४ सम्म तथा पञ्जाबमा २२ मेसम्म दोश्रो लहरको पीक आउनसक्छ ।
सूत्र(SUTRA) मोडलजस्तो गणितीय मोडल महामारीको तीव्रताको अनुमान लगाउन निकै सहयोगी सिद्ध मोडल हो । यो मोडल गत वर्ष कोरोनाको प्रभाव अध्ययन गर्नका लागि भारतले विकास गरेको थियो।
सरकारी समितिले तेश्रो लहरको प्रकृति कस्तो हुन्छ भन्ने भविष्यवाणी गर्न भने नसकिने स्वीकार गरेको छ । आइआइटी हैदरावादका प्रोफेसर विद्यासागरलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिएको छ–‘हामीले यसअघि दोश्रो लहरमा दैनिक १ लाख ५० हजार संक्रमित फेला पर्न सक्छन् भनेर प्रक्षेपण गरेका थियौं, तर हामी गलत सावित भयौं ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago