काठमाण्डौ । भारतको सेयर बजार एसिया–प्यासेफिक क्षेत्रको शीर्ष स्टक मार्केटका रुपमा उदाएको छ। 

दिनहुँ कोरोना संक्रमणका लाखौँ केसहरु देखिए पनि भारतको सेयर बजार मे महिनामा एसिया–प्यासेफिक क्षेत्रको शीर्ष सेयर बजारभित्र पर्न सफल भएको हो। मे महिनामा भारतको ‘निफ्टी ५०’ ६.५ प्रतिशतले वृद्धि भएको छ। यस्तै बम्बे स्टक एक्सेचेन्ज (बीएसई) सेन्सेक्स पनि ६.४७ प्रतिशतले वृद्धि भएको छ। 

‘पुरानो भनाइ गो अवे एन्ड सेल इन मे’ सही साबित भएको देखिँदैन। ड्युस बैंकमा युरोप तथा एसिया प्यासेफिक क्षेत्रका लागि प्रमुख इन्भेस्टमेन्ट अफिसर टुुआन हुऐनले भने, ‘भारतको मामिलामा हेर्ने हो भने यो तुलनात्मक रुपमा आश्चर्यजनक देखिएको छ। बजारले कोरोना संक्रमणविरुद्ध अर्थतन्त्र तथा कर्पोरेट अर्निङबीचको भिन्नतालाई मन पराएकोजस्तो देखिन्छ।’ 

भारतमा संक्रमणका २८ मिलियनभन्दा धेरै केसहरु पुष्टि भएका छन्। कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरुको सूचीमा भारत दोस्रो स्थानमा छ। मे महिनामा भारतमा दैनिक ४ लाखभन्दा धेरै संक्रमणका केसहरु देखिएका थिए। 

अमेरिकाको इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले भारतको सेयर बजारमा कारोबार हुने स्कटहरुले अपेक्षाभन्दा  पनि राम्रो प्रदर्शन गर्ने जनाएको छ। ‘बजारले वर्तमानमा नभई भविष्यका आधारमा प्रदर्शन गर्ने गर्दछ। भारतमा अहिले मानवीय संकट देखिएको छ तर भारतको बजारले यो अवस्थापछिको दृश्य हेर्दे, संक्रमणको दर घट्ने अपेक्षा घट्ने गरेको छ। बजारको अपेक्षाअनुरुप अहिले भारतमा कोरोना संक्रमणका केसहरु घटिरहेका छन्’, गोल्डम्यान स्याक्समा एसिया म्याक्रो रिसर्च र एसिया–प्यासेफिक इक्विटी स्ट्रयाटिजीका स प्रमुख टिमोथी मोईले भने। 

मे महिनामा एसिया–प्यासेफिक क्षेत्रमा सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा भियतनामको सेयर बजार रहेको छ। मे महिनामा भियतनामको भीएन इन्डेक्स ७.१५ प्रतिशतले वृद्धि भएको छ। भियतनाममा पनि कोरोना संक्रमणको वृद्धिका बाबजुत नै यो वृद्धि देखिएको हो। 

यो अवधिमा एसिया–प्यासेफिक क्षेत्रमा सबैभन्दा खराब प्रदर्शन गर्नेमा ताइवानको सेयर बजार ताइएक्स रहेको छ। मे  महिनामा ताइवानको ताइएक्स २.८४ प्रतिशतले घट्यो। 

कोरोना महामारी रोक्नका लागि चालिएको सुरुआती कदमहरुका लागि ताइवान कुनै समय अन्तर्राष्ट्रिय रुपमा प्रशंसित भएको थियो। तर अहिले कोरोना संक्रमणका केसहरुमा आएको बढोत्तरीका कारण यहाँ कडा लकडाउन र प्रतिबन्धहरु लगाइएका छन्। 

भियतनाम र ताइवानमा अन्य देशहरुको तुलनामा कम संक्रमण देखिएको छ। भियतनाममा ७३०० भन्दा धेरै र ताइवानमा ८५११ केसहरु देखिएका छन्। – एजेन्सी