काठमाण्डौ । कमजोर आपूर्ति र बढ्दो मागका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बितेका ३ वर्षकै उच्च विन्दूमा पुगेको छ। विश्वभर नै कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी भइरहेको छ ।
सोमबार बेञ्चमार्क ब्रेन्ट क्रूडको मूल्य ८० डलर प्रतिब्यारेल थियो । मंगलबार यो मूल्यमा सामान्य गिरवाट आई ७८ डलर प्रतिब्यारेल रहेको छ ।
सन् २०१८ को अक्टोबरपछि कायम कच्चा तेलको सोमबारको मूल्य सर्वाधिक हो । जानकार तथा विश्लेषकहरुले कोरोना प्रभाव विश्वका मुलुकहरुमा कम हुँदै जाँदा कच्चा तेलको मूल्यमा बढोत्तरीको अनुमान गरेका थिए, यस्तो तीव्र रुपमा बढ्ला भन्ने चाहिँ अनुमान गरेका थिएनन्।
पछिल्लो तीन हप्तादेखि कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सोमबार अघिल्लो दिनको तुलनामा ब्रेन्ट क्रूडको मूल्य १.७३ प्रतिशतको बढोत्तरीसहित ७९.४४ डलरको उचाईमा पुगेको थियो । अमेरिकी वेस्ट टेक्सस क्रूडको मूल्य भने २.०४ प्रतिशतको बढोत्तरीसहित प्रतिब्यारेल ७५.४९ डलरको उचाईमा पुगेको छ । अमेरिकी क्रूडको मूल्य पनि जुलाईको तुलनामा सर्वाधिक बढेको हो ।
तेलको मूल्यको विषयमा प्रक्षेपण गर्ने संस्था गोल्डेम्यानसेक्सले डिसेम्बरसम्ममा कच्चा तेलको मूल्य अहिलेको ८० डलर प्रतिब्यारेलबाट बढेर ९० डलर माथि पुग्नसक्ने दाबी गरेको छ । यो कम्पनीले आफ्नै पूर्व अनुमानलाई संसोधन गरी नयाँ अनुमान सार्वजनिक गरेको हो ।
जानकारहरुले गत एक वर्ष कोभिड १९ का कारण लामो समयसम्म मागमा देखिएको अनिश्चितताको प्रभाव आपूर्ति व्यवस्थापनमा पर्न गएको बताएका छन् । यस्तै, विश्वभरका कतिपय देशहरुले कार्बन एमिसन रोक्ने उद्देश्यले आफ्नो नीति पविर्तन गरे, जसको प्रभाव तेलको मूल्यमा पर्न गयो ।
यस्तै, कच्चा तेलको मूल्यमा एकाएक बढोत्तरी आउनु पछाडिको कारण कोरोनाविरुद्धको भ्याक्सिनको विकासपछि चलमलाउन थालेका अर्थतन्त्रहरु पनि हुन् । अनि गत महिना इडा आँधीका कारण अमेरिकी तेलको आपूर्ति व्यवस्था नराम्ररी खलबलिनुलाई पनि मूल्यवृद्धिको अर्को कारण मानिएको छ ।
कोरोनाको पहिलो लहरपछि तेलको मूल्यमा गिरावट आएको थियो । त्यसपछि ओपेक प्लसमा समेटिएका राष्ट्र तथा रुस र साउदी अरबका तेल संगठनहरुले सप्लाईलाई कटौति गरिदिएका थिए ।
अन्तर्राष्ट्रिय उर्जा एजेन्सी(आइईए)का अनुसार कोभिड १८ महामारीभन्दा अगाडि २०१९ मा विश्वभरमा तेलको खपत ९९.७ लाख ब्यारेल प्रतिदिन रहेको थियो । आइईएले विश्व अर्थतन्त्रमा सुधार भएसँगै कच्चा तेलको माग कोभिड अगाडिकै अवस्थामा पुग्नसक्ने विश्लेषण गरेको छ । मागमा हुने सुधारले कच्चा तेलको मूल्यमा उछालको अवस्था आउनसक्छ ।
यूरोपियन बजारमा चलिरहेको प्राकृतिक ग्यास सप्लाईको कमी तथा इडा आँधीका कारण अमेरिकाको तेल उत्पादन प्रक्रिया केही सुस्त बनेको छ । यहीकारण समेत तत्काल कच्चा तेलको मूल्यमा निरन्तर बढोत्तरी हुने संभावना देखिन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19