नयाँदिल्ली । विश्वभर कोभिड-१९ संक्रमणको आतंक छ । यस्तो बेलामा सर्वसाधारणलाई सचेत गराउने काम सबैभन्दा कठीन बनेर देखा परेको छ । तर, कतिपय देशहरुले यो भाइरसको विषयमा सुसूचित गराउने नयाँ नयाँ उपाय निकालेका छन् । भारतमा पनि अहिले नयाँ तरिका अपनाइएको छ, जसको अहिले विश्वभर चर्चा भइरहेको छ ।
त्यहाँको ट्राफिक प्रहरीले कोरोना भाइरससम्बन्धी सडकमा हिँडिरहेका मानिसहरुलाई जनचेतना जगाउन नयाँ तरिका अपनाएको हो ।
केही दिनअघि भारतमा सडकमा हिँडिरहेका मानिसहरुलाई प्रहरीले कुटेको र मुर्गा बनाएका भिडियोहरु भाइरल भएका थिए । तर, हाल प्रहरीले कोरोना भाइरससम्बन्धी जनचेतना जगाउन कोरोनाजस्तो देखिने गरी हेल्मेट सजाएर कोरोनाको विषयमा जनचेतना फैलाउन थालेको छ । जुन प्रभावकारी पनि बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
ट्राफिक प्रहरीले कोरोना भाइरसको संक्रमण बढिरहेकोले यसरी सडकमा नहिँडन सुझाइएको छ ।
चेन्नईमा एकजना ट्राफिक प्रहरी राजेश बाबुले भने,-'हामीले मानिसहरुलाई कुट्ने र गाली गर्नेभन्दा पनि उनीहरुलाई कोरोना कस्तो हुन्छ र यो कसरी फैलाउँछ भन्ने बुझाउन कोरोनाजस्तो देखिने हेल्मेट बनाएर सम्झाइरहेका छौं ।' उनले यस्तो किसिमको हेल्मेट लगाएका उनीहरुमा डर पैदा हुने बताए ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ भने २० जनाको मृत्यु भइसकेको छ ।
रोयटर्सको सहयोगमा
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19