काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्पप्राय छ । कयौं प्रकारका कारोबार पूर्ण रुपमा बन्द छन्, व्यापार व्यवसाय पनि ठप्प अवस्थामा छ । उद्योग कलकारखाना समेत बन्द भइसकेका छन् । यस्तो अवस्थामा विश्वको आर्थिक वृद्धिदरमा पनि नराम्रो झट्का लाग्नसक्छ । विश्व बैंकले यही विषयलाई लिएर एक चेतावनी जारी गरेको छ।
विश्व बैंकका अनुसार कोरोना भाइरसको महामारीका कारण सबैभन्दा ठूलो क्षति चीनलाई हुनेछ । यस्तै, पूर्वी एशियाली मुलुकहरुमा पनि आर्थिक मन्दीको अवस्था आउनसक्नेछ ।
विश्व बैंकको रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपका कारणले यो वर्षको चीनको आर्थिक वृद्धिदरको गति निकै सुस्त हुनेवाला छ । यस्तै, पूर्वी एशियाली मुलुकहरुको अवस्था समेत निकै भयावह हुनसक्नेछ ।
विश्व बैंकको अनुमानअनुसार कोरोना प्रकोपकै कारण विश्वका १ करोड १० लाख भन्दा बढी मानिसहरु गरीब हुनेछन् ।
उसका अनुसार पूर्वी एशियामा यो वर्षको ग्रोथ रेट २.१ प्रतिशतमा सीमित हुनसक्नेछ । सन् २०१९ मा यस्तो ग्रोथ रेट ५.८ प्रतिशत थियो ।
विश्व बैंकको चीनको विकास दर पनि गत सालको ६.१ प्रतिशतबाट घटेर २.३ प्रतिशतमा सीमित हुनेछ ।
रिपोर्टमा विश्व बैंकले पूर्वी एशिया र प्यासिफिकमा पर्ने देशहरुलाई अलर्ट रहन भनिएको छ । यसमा भियतनाम, कम्बोडिया, मलेशिया, मंगोलिया, फिलिपिन्सजस्ता कतिपय देशको समेत आर्थिक गतिविधिहरुको विश्लेषण गरिएको छ ।
पूर्वी एशिया तथा प्रशान्त क्षेत्रका विश्व बैंकका मुख्य अर्थशास्त्री आदित्य मट्टूलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार कोरोना भाइरस एक विश्वव्यापी संकट हो । यसले चीन समेत पूर्वी एशियाका देशहरुमा गरीबहरुको संख्या ह्वात्तै बढाइदिनेछ ।
विश्वभर हालसम्म कोरोना भाइरसका कारण ३७ हजार मानिसको मृत्यु भइसकेको छ । यो संख्या लगातार बढिरहेको छ । संक्रमितको संख्या पनि ८ लाख नजिक पुगिसकेको छ । नयाँ संक्रमित फेला पर्ने क्रम पनि दिनप्रतिदिन बढिरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago