काठमाण्डौ । भारतीय मिडियाका अनुुसार तबलीगी जमातको मुख्यालय दिल्लीको निजामुुद्धीन मर्कज मस्जिद भारतमा कोरोना संक्रमण फैलाउने सबैभन्दा ठूलो स्रोतको रुपमा उदाएको छ । मिडियाका अनुुसार यहाँ मार्च महिनामा जम्मा भएको जमातमा भारत र विदेशबाट आएका मानिसहरु मार्फत भारतका विभिन्न ठाउँमा कोरोनाभाइरस फैलिएको छ ।  

मध्य मार्चमा भएको जमातमाको अलावा २६ मार्चमा पनि मरकजमा मजहवी जलसा भएको थियो, जसमा करीब २ हजार मानिसले भाग लिएका थिए ।

यो जमात यस्तो बेलामा भएको थियो जुुनबेला भारतभर लकडाउन जारी थियो । भारतीय अधिकारीका अनुुसार पछिल्लो दुुईदिनमा दिल्ली पुलिसले निजामुुद्धिनको मर्कज मस्दिजबाट १८३० जनालाई समातेको थियो । जसमा २८१ जना विदेशी थिए । यिनीहरुमध्ये धेरैजसोलाई अलग अलग क्वारेनटाइन सेन्टर र अस्पतालका आइसोलेसन वार्डमा पठाइएको छ । 

यिनीहरुमध्ये २०० जनालाई कोरोनाको जस्तै लक्षण देखिएको छ । अधिकारीका अनुुसार २४ मार्चमा भारतभर लकडाउन भएपछि १६ देशका २८१ जना नागरिक तबलीगी जमातको मर्कजमा बसेका थिए । यि २८१ विदेशी देशका नागरिकमा ७२ जना श्रीलंकाका, ३३ जना म्यान्मारका, किर्गिस्तानका २८ जना, मलेशियाका २० जना नेपाल र बंगलादेशका ९–९ जना, थाइल्यान्डका ७ जना, फिजीका ४ जना,इंग्ल्यान्डका ३ जना र अफगानिस्तान, अल्जेरीया जिबुुटी, सिंगापुुर फ्रान्स र कुुवेतबा १–१ जना नागरिक सामेल भएका थिए । 

भारतीय मिडियाका अनुुसार पछिल्लो एक महिनाको अवधिमा विदेशी सहित भारतका ८ हजार मानिसहरुले निजामुद्धिनको यात्रा गरेका थिए ।

जमातमा भाग लिएका अधिकांश मानिसहरु आ–आफ्नो घरमा फर्किसकेका छन् या त अलग अलग भागमा मरकजसंग जोडिएका परिसरमा बसिरहेका छन् । अहिले जमातमा भाग लिएका मानिसहरु अलग अलग राज्यमा कोरोना पोजेटिभसहित भेटिइरहेका छन् । यिनीहरुमध्ये हैदरावादमा इन्डोनेसियाका ६ जना नागरिकहरुमा कोरोना संक्रमण भेटिएको छ । जम्मुु कश्मिरमा पनि यो जमातमा भाग लिएका एक व्यक्तिको मृत्युु भइसकेको छ ।