काठमाण्डौ । भारतका नेपाली राजदूताबासले भारतीय मिडियाहरुले दाबी गरेभन्दा पनि ठूलो संख्यामा नेपालीहरु भारतमा कोरोना भाइरस संक्रमण फैलिने कारण मानिएको धार्मिक सभामा सहभागी भएको पुष्टि गरेको छ ।
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बिजशालासँग टेलिफोनमा कुरा गर्दै यस्तो पुष्टि गरेका हुन् ।
आचार्यका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएका थिए ।
निजामुद्दिनस्थित उक्त मस्जिदको धार्मिक सभामा सहभागी भएका सबै नेपालीको नाम र नेपालको ठेगाना दूतावासले प्राप्त गरिसकेको उनले जानकारी दिएका छन् ।
भारतीय मिडियाहरुले सो सभामा ९ जना मात्र नेपाली सहभागी भएका दाबी गरेका थिए । उनीहरु घर फर्किसकेका पनि समाचारहरुमा जनाइएको छ । तर, राजदूत आचार्यले भने ती नेपालीको नाम र ठेगाना नेपाल सरकारलाई पठाइसकिएको उल्लेख गर्दै उनीहरु नेपाल फर्किसकेका छन् या छैनन् भन्ने विषय चाहि पत्ता लाग्न नसकेको बताएका छन् ।
सो मस्जिदको मदरसामा नेपालका १३ विद्यार्थी समेत पढिरहेका र उनीहरुको स्वास्थ्य जाँच तथा अन्य आवश्यक व्यवस्थापन भारत सरकारले नै गर्ने बताइएको छ ।
भारतीय अधिकारीलाई उद्धृत गर्दै समाचारमा भनिए अनुुसार पछिल्लो दुुईदिनमा दिल्ली पुलिसले यो मस्जिदबाट १८३० जनालाई समातेको थियो । जसमा २८१ जना विदेशी थिए । यिनीहरुमध्ये धेरैजसोलाई अलग अलग क्वारेन्टाइन सेन्टर र अस्पतालका आइसोलेसन वार्डमा पठाइएको छ ।
यिनीहरुमध्ये २०० जनालाई कोरोनाको जस्तै लक्षण देखिएको छ । अधिकारीका अनुुसार २४ मार्चमा भारतभर लकडाउन भएपछि १६ देशका २८१ जना नागरिक तबलीगी जमातको मर्कजमा बसेका थिए । यि २८१ विदेशी देशका नागरिकमा ७२ जना श्रीलंकाका, ३३ जना म्यान्मारका, किर्गिस्तानका २८ जना, मलेशियाका २० जना, बंगलादेशका ९जना, थाइल्यान्डका ७ जना, फिजीका ४ जना, इंग्ल्यान्डका ३ जना र अफगानिस्तान, अल्जेरीया जिबुुटी, सिंगापुुर, फ्रान्स र कुुवेतबा १–१ जना नागरिक पनि सहभागी थिए ।
जमातमा भाग लिएका अधिकांश मानिसहरु आ–आफ्नो घरमा फर्किसकेका छन् या त अलग अलग भागमा मरकजसंग जोडिएका परिसरमा बसिरहेका छन् । अहिले जमातमा भाग लिएका मानिसहरु अलग अलग राज्यमा कोरोना पोजेटिभसहित भेटिइरहेका छन् । यिनीहरुमध्ये हैदरावादमा इन्डोनेसियाका ६ जना नागरिकहरुमा कोरोना संक्रमण भेटिएको छ । जम्मुु कश्मिरमा पनि यो जमातमा भाग लिएका एक व्यक्तिको मृत्युु भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago