काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेटर(यूएसएफडीए)ले कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन मञ्जुरी दिएको खबर बाहिरिएको छ । 

यो औषधिबाट कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न सकिनेछ। 

यूएसएफडीएले कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न आपतकालका लागि मलेरियाको दुई औषधिको सीमित प्रयोग गर्न यसकारण स्वीकृति दिएको हो कि, कोभिड १९ कै लागि भनेर हालसम्म विश्वभर कुनै पनि डेडिकेटेड औषधि पत्ता लागिसकेको छैन।

अमेरिकाको हेल्थ डिपार्टमेन्टले एक विज्ञप्ति जारी गरी भनेको छ कि क्लोरोक्वीन तथा हाइड्रोक्सीक्लोरोक्वीनबाट कोरोना भाइरसबाट संक्रमित बच्चा र युवाहरुको उपचार हुनसक्छ । तर, त्यतिबेला जतिबेला क्लिनिकल ट्रायल उपलब्ध छैन वा संभव छैन ।

अमेरिकाका भित्री भागहरुमा समेत कोरोना भाइरस फैलिने आशंका गरी यूएसएफडिएले बिरामीहरुको उपचारका लागि आपतकालीन अवस्थामा हाइड्रोक्सीक्लोरोक्वीनको सीमित परिमाणको प्रयोग गर्न सकिने भन्दै स्वीकृति दिएको हो । 

अमेरिकी हेल्थ डिपार्टमेन्टको यो विज्ञप्ति एफडीएले इमेरजेन्सी यूज अथोराइजेसन(इयूए) जारी गरेपछि आएको हो । 

अमेरिकी मिडियाको रिपोर्टअनुसार कोभिड १९ सँग सम्बन्धित उपचारका लागि नै भनेर कुनै पनि औषधिलाई पहिलोपटक इयूए दिइएको हो । 

हाल कोरोना भाइरसकै लागि भने कुनै पनि औषधि बनिसकेको छैन ।

जोनहपिङ्ग्स युनिभरसिटीका अनुसार चीनबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म ८ लाख मानिस संक्रमित भइसकेका छन् । ३८ हजार मानिसको मृत्यु भइसकेको छ । जबकि १ लाख ७० हजार बढी मानिस ठीक भएका छन् । 

अमेरिकी चिकित्सकहरुले मलेरियाका लागि प्रयोग हुने ती दुई औषधि कोरोना भाइरससँग लड्न समेत काम लाग्ने दाबी गरेका छन् । हालसम्मको प्रयोग अनुसार यो दबाई अस्पतालमा भर्ति भएका कोरोना संक्रमितको उपचारमा निकै उपयोगी समेत भएको बताइएको छ । 

तथापि, यो विषय वैज्ञानिक रुपमा प्रमाणित हुन क्लिनिकल परीक्षणको आवश्यकता पर्छ । 

अमेरिकाको हेल्थ एण्ड ह्यूमन सर्भिसेजले भनेको छ कि उसले आफ्नो फर्मा कम्पनी नोभारिट्सबाट हाइड्रोक्सीक्लोरोक्वीन सल्फेटका ३ करोड ट्याब्लेट मगाएको छ । साथै १० लाख क्लोरोक्वीन फस्फेटको बेयर पनि फर्मा कम्पनीबाट मगाइएको छ । क्लिनिकल ट्रायलमा तथा अस्पतालमा अब यिनै दुई औषधि प्रयोग हुने अमेरिकी अधिकारीहरुले बताएका छन् । 

यसैबीच, अमेरिकाको एक प्रयोगशालाले कोरोना भाइरस जाँच गर्ने यस्तो एउटा किट तयार गरेको छ, जसले १३ मिनेटमै संक्रमण पत्ता लगाउन सक्छ । यो किट निकै सानो र हलुका रहेको समेत समाचारमा उल्लेख गरिएको छ । 

यूएसएफडिएले आगामी हप्तासम्म यो किट प्रयोगमा ल्याउने विषयमा समेत स्वीकृति दिने तयारी भइरहेको छ । 

-एजेन्सी