 
                     
                                
                             
                                    काठमाण्डौ । भारतले बुधबार क्यानडामा रहेका आफ्ना नागरिक सर्तकता अपनाउन र त्यहाँको यात्रा गर्ने सोचमा रहेकाहरुलाई विचार गर्न अपिल गरेको छ।
क्यानडाका केही क्षेत्रमामा भारतविरोधी गतिविधिलाई ध्यानमा राख्दै भारत सरकारले यस्तो अपिल गरेको हो। त्यहाँ रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन पनि भारतले सल्लाह दिएको छ।
क्यानडाका प्रधानमन्त्री जस्टिस ट्रुडोले जुनमा खलिस्तानी पृथकतावादी हरदीप सिंह निज्जरको हत्यामा भारतीयहरु संलग्न रहेको दाबी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आएको छ। भारतको विदेश मन्त्रालयले बुधबार एक विज्ञप्ति गर्दै भनेको छ, ‘क्यानडामा बढ्दो भारतविरोधी गतिविधि र राजनीतिक रुपमा समर्थन गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै त्यहाँ उपस्थित सबै भारतीय नागरिक र यात्रा गर्ने विचारगर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह गर्दैछौँ।
विज्ञप्तिमा भनिएको छ, ‘हालसालै धम्कीले विशेषगरी भारतीय कूटनीतिज्ञहरु र भारतविरोधी अजेन्डाको विरोध गर्ने भारतीय समुदायलाई लक्षित गरेको छ।’
त्यसकारण भारतीय नागरिकलाई क्यानाडामा यस्ता घटना देखिएका क्षेत्र र सम्भावित स्थानमा यात्रा नगर्न सल्लाह विज्ञप्तिमा सल्लाह दिइएको छ। विदेश मन्त्रालयले भारतीय उच्चायोग र महावाणिज्य दूतावासले क्यानडामा रहेका भारतीय समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्न क्यानाडाली अधिकारीहरुसँग सम्पर्कमा रहने जनाएको छ।
क्यानडामा बिग्रँदै गएको सुरक्षा वातावरणलाई ध्यानमा राखी विशेषगरी भारतीय विद्यार्थीलाई अत्यन्त सावधानी अपनाउन र सतर्क रहन भारतको विदेशी मन्त्रालयले सल्लाह दिएको छ। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19