काठमाण्डौ । कुवेत सरकारले क्यान्सर, मधुमेह, उच्च रक्तचाप लगायतका केही दीर्घरोग भएका आप्रबासीहरुलाई स्थायी आवासको अनुमति नदिने भएको छ । 

एक अरबिक दैनिक पत्रिकालाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार कुवेत सरकारले पछिल्लो समय बढ्दो अचाक्ली स्वास्थ्य खर्च कटौतिका लागि यस्तो नीति ल्याएको हो । 

कुवेतको स्वास्थ्य मन्त्रालयले २२ वटा रोगको सूचि सार्वजनिक गर्दै त्यस्ता स्वास्थ्य समस्या हुनेहरुलाई आफ्नो देशमा स्थायी आवासको सुविधा उपलब्ध नहुने प्रष्ट पारेको छ । 

यो सूचिमा मृगौला फेल, कलेजो फेल, दृष्टि समस्या लगायतका स्वास्थ्य समस्या सामेल छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक सहसचिव मजिदा अल क्वाटनले यस सम्बन्धी कानून नै पारित गरिएको छ, जसले राज्यको स्वास्थ्य खर्चमा ठूलो व्ययभार कम गर्नेछ ।