काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिकोत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याए बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्दसिंह ऐरीलाई १ वर्षको प्रायोजन गरेको छ । 

ग्लोबल आइएमई बैंक लिमीटेडको रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहकाबीच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो ।  प्रायोजनपछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको स्पोर्टस किट्स० प्रदान गर्नेछ । 

बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्रसिंह एरीलाई सम्मान गरेको बताए । साथै उनले  नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रंशसा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।

समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफूप्रति देखाएको सम्मानले आफू उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढी प्रेरणा मिलेको बताए ।

सोही समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटप्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफूहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा व्यक्त गरे ।