काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहितकुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडर बनाएको छ ।
बैंकले यी दुई खेलाडीलाई २ वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो ।
बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई २०७५ साल फागुन २२ गते पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ ।
बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आरिफ शेख र रोहितकुमार पौडेलले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य राखेका थिए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदीयमान खेलाडीद्वय आरिफ शेख् र रोहित कुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यास्डरको रुपमा आबद्ध गराउन पाउँदा खुशी लागेको बताए ।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले आरिफ शेख र रोहितकुमार पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए ।
साथै बैंकले यी खेलाडीहरुको वृत्ति विकासका लागि मासिक रू २५,००० रुपैयाँ उपलब्ध गराउने समेत जानकारी दिए ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले आरिफ शेख र रोहित कुमार पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यास्डर बनाएर सराहनीय कार्य गरेको प्रतिक्रिया दिए ।
बैंकले हाल १२५ वटा शाखाबाट सेवा दिइरहेको छ । देशभर ७४ वटा एटीएम रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago