काठमाण्डौ । केही समयदेखि ओरालो लागेको क्रिप्टोकरेन्सी बजारमा पछिल्लो २४ घन्टामा एकाएक उछाल आएको छ। 

विगत २४ घन्टामा बिटक्वाइनलगायतका लगभग सबै क्रिप्टोकरेन्सीको भाउ बढेको छ। जसका कारण क्रिप्टोकरेन्सी बजारको विश्वव्यापी बजार मूल्य १.६३ प्रतिशतले बढेर १.९२ ट्रिलियन डलर पुगेको छ।

क्वाइन मार्केट क्यापको तथ्यांकअनुसार बिटक्वाइन पछिल्लो २४ घन्टामा १.४८ प्रतिशतले बढेर ४१३३६ डलरमा कारोबार भइरहेको छ।

त्यस्तै इथेरियम १.१२ प्रतिशतको बढोत्तरीका साथ ३०८५ डलर पुगेको छ। बीएनबीमा पनि १.०१ प्रतिशत बढोत्तरी देखिएको छ। जब कि यूएसडीटी र यूएसडीसी जस्ता स्थिर क्वाइनहरुको भाउ यो अवधिमा ०.०१ प्रतिशतले बढेको छ। 

पछिल्लो २४ घन्टामा मूल्यमा गिरावट आएको एउटा मात्रै क्रिप्टो भनेको एक्सआरपी रिप्पल हो। यसको भाउ ०.०७ प्रतिशतले ओरालो लागेको छ। – एजेन्सी