काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई विभिन्न विशेषतायुक्त सुविधाहरु उपलब्ध गराउने क्रममा साबिकको व्यवस्थामा केही सुविधा थपेर ‘InstaPay’‘RewardPoints’ नामका नयाँ दुई योजनाहरु सञ्चालनमा ल्याएको छ ।

InstaPay योजना अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट विदेश भ्रमणको बिल तिर्न, कलेज तथा स्कूलको फी तिर्न, अस्पतालकोे बिल तिर्न, विभिन्न इलेक्ट्रोनिक समानहरु खरिद गर्न, गरगहना खरिद गरी बिल तिर्न, मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् र सो रकमलाई बढीमा १८ महिनासम्मको मासिक किस्तामा बैंकलाई भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।  

यो योजना अन्तर्गत उपयोग गरेको रकममा ब्याज लाग्ने छैन । तर ग्राहकहरुले तोकिएको सेवा शुल्क भने तिर्नुपर्नेछ । यस योजनामा सहभागी हुन चाहने ग्राहकहरुले कारोवार भएको मितिले ७ दिनभित्र आफूले उपयोग गरेको रकम तिर्न चाहेको किस्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ र उक्त निवेदनका आधारमा बैंकले मासिक किस्ता कायम गर्नेछ । 

यसैगरी, अर्को योजना RewardPoints अन्तर्गत ग्राहकहरुले आफ्नो क्रेडिट कार्डको माध्यमबाट समान खरिद गरेमा प्रत्येक २०० रुपैयाँ बराबर १ प्वाइन्ट कायम हुनेछ । यसरी कायम भएको प्वाईण्ट सञ्चित हुँदै जानेछ र ५०० प्वाइण्ट पुगेपछि बंैकले सम्बन्धित ग्राहकको खातामा रु. ५०० नगद जम्मा गरिदिनेछ । 

ग्राहकहरुको अधिकतम् हितलाई मध्यनजर गर्दै बैंकले सञ्चालन गर्न लागेको यी दुवै योजनाहरुबाट क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरु लाभाान्वित हुने बैंकले विश्वास लिएको छ ।