काठमाण्डौ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सीएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ ।

बीमित वर्गको आयस्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले यो योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकैसाथ प्रदान गर्ने बताइएको छ । यो योजनाअन्तर्गत जोखिम वहनका अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्ने कम्पनीको भनाइ छ ।

योजनाको प्रमुख विशेषता नियमित बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न भएको बताइएको छ ।

कम्पनीका अनुसार यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेरसम्मका ग्राहकले खरिद गर्न सक्नेछन् ।