काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १२३ औं सञ्चालक समितिको बैठकले नीलेशमान सिंह प्रधानको सीइओको पदावधि पुनः चार वर्षका लागि थप गरेको छ । 

प्रधानलाई चैत १ गतेदखि लागू हुने गरी पुनः चार वर्षका लागि पदावधि थप गरेको हो ।

प्रधान नेपालक्लियरिङ्ग हाउसमा चैत्र २०६७ देखि कार्यरत छन् र कम्पनी स्थापनादेखि हालको उचाईसम्म पुर्याउन उनकै महत्वपूर्ण भूमिका रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं विश्वविद्यालयबाट बीई र इण्डियन इन्स्टिट्यूट अफ टेक्नोलोजिबाट एम.बि.ए गरेका प्रधानको बैंकिङ्ग तथा वित्तीय प्रविधि कार्यान्वयनमा १८ वर्ष भन्दा बढीको राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव रहेको छ । 

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजिको संयुक्त लगानीमा स्थापित नेपाल क्लियरिङ्ग हाउसले विभिन्न राष्ट्रियस्तरका भुक्तानी तथा फछ्र्यौटका प्रणालीहरु स्थापना गर्ने उद्देश्य लिएको छ । 

कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, कमर्सियल बैंकहरुबाट तीनजना, विकास बैंकहरुबाट एक जना, वित्तीय कम्पनीहरुबाट एक जना र स्मार्ट च्वाइस टेक्नोलोजिबाट एक जनाको प्रतिनिधित्व रहेको छ ।