काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको संचालक पदमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल नियुक्त भएका छन् । 

मंगलबार बसेको १०१ औं संचालक समितिको बैठकले विकास बैंक समूहमा मुक्तिनाथ बैंकका सीइओ ढकाललाई संचालक पदमा नियुक्त गरेको हो । उनी हाल डेभलपमन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष समेत रहेका छन् । यसअघि डेभलपमेन्ट बैंकर्स एशोसिएसनको तर्फबाट कृष्णराज लामिछानेले प्रतिनिधित्व गर्दै आएका थिए । उनले कैलाश विकास बैंक छाडेसँगै सो पद रिक्त रहेको थियो । 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंककातर्फबाट १ जना, वाणिज्य बैंकको तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एकजना गरी जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था छ ।