काठमाण्डौ । नेपाल राष्ट्रबैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले कनेक्ट आइपीएस इपेमेन्ट प्रणालीका नयाँ ग्राहकहरुका लागि “कनेक्ट गर्नुहोस्, रु १०० पाउनुहोस्” अफर ल्याएको छ। 

यो अफर जेठ १ गतेदेखि सुरु भएको हो । यस अफरअन्तर्गत कनेक्ट आइपीएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले सोही खातामा रु १०० सम्म पाउन सक्ने कम्पनीले जनाएको छ ।

कनेक्ट आइपीसको कुनै पनि नयाँ ग्राहकले आफूलाई एकपटक आवद्ध गराई यूजर आइडी बनाएपछि मोवाईल र इमेल भेरिफाई गराई रु ३० का लागि योग्य हुनसक्ने छन् भने कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा सो यूजर आबद्ध गराई थप रु. ७० पाउने बताइएको छ । 

यो अफर सीमित अवधिका लागि मात्र लागू हुने र एक यूजरमा लिंक गरिएको पहिलो बैंक खाताका लागि मात्र मान्य हुने बताइएको छ । 

हाल यस प्रणालीमार्फत् नेपाल सरकारको राजश्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ । 

यो प्रणाली सेवा प्रदायकहरुको पोर्टलमा पेमेन्ट प्रोसेसरको (गेटवे) रुपमा समेत जडान गरिएको छ ।