काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म मञ्जुश्री फाइनान्स लिमिटेडको नाफामा उछाल आएको छ। 

चौथो त्रैमाससम्म संस्थाले ५६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ११५.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले २६ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ११३.६९ प्रतिशतले बढेर ८० करोड ९३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ३७ करोड ८७ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी २८.६१ प्रतिशतले घटेर २८ करोड ११ लाख रुपैयाँ सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ३९ करोड ३७ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८८ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिसम्म संस्थाको रिजर्भको आकार ५७.८७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४८ करोड ६३ लाख रुपैयाँ रहेको रिजर्भको आकार ७६ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी ९६ करोड ५३ लाख रुपैयाँ रहेको संस्थाको खराब कर्जा १.०२ प्रतिशत घटेको छ। अघिल्लो वर्षसम्म ३.३६ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर २.३४ प्रतिशतमा झरेको छ।

संस्थाको ईपीएस ७१.३७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३४.३४ रुपैयाँ रहेको ईपीएस बढेर ५८.८५ रुपैयाँ पुगेको छ। 

पीई रेसियो २१.७५ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ रहेको छ।