काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ७० लाख २८ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६७.८४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ५६.८३ प्रतिशतले घटेर ९८ लाख ८८ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २ करोड २९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १४.७१ प्रतिशतले घटेर ११ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १३ करोड ४९ लाख रुपैयाँ थियो।
चुक्तापुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म संस्थाको रिजर्भको आकार ३९.६२ प्रतिशतले घटेर ३ करोड ५९ लाख रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा ५ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल १.६४ प्रतिशतमा सीमित थियो।
संस्थाको इम्पेयरमेन्ट चार्ज घटेर १ करोड १४ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो चार्ज १ करोड ३४ लाख रुपैयाँ रहेको थियो।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.१८ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १४.४२ रुपैयाँ कायम भएको थियो। पीई रेसियो १३१.१३ गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२९.२४ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19