काठमाण्डौ । वल्र्ड मर्चेन्ट एण्ड फाइनान्स लिमीटेड खराब कर्जाको दलदलले डूबेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो कम्पनीको खराब कर्जा अनुपात सतप्रतिशत पुगेको छ । 

सबै कर्जा खराब कर्जा बनेपछि कम्पनीका अन्य सूचक समेत निकै खराब बनेका छन् ।

यो कम्पनीको अघिल्लो वर्षको यही अवधिमा ३ करोड ४१ लाख रहेको खूद नाफा घटेर ३२ लाखमा सीमित बनेको छ भने सञ्चित कोष २३ करोडले ऋणात्मक भएको छ । 

यस्तै, खूद ब्याज आम्दानी घटेर २६ लाखमा सीमित भएको छ भने समीक्षा अवधिमा कम्पनी ३ करोड २६ लाख संचालन घाटामा रहेको छ ।

प्रतिसेयर आम्दानी ३७.४६ रुपैयाँबाट घटेर २ रुपैयाँ ४५ पैसामा सीमित भएको छ भने यसको प्रतिसेयर नेटवर्थ १३.४३ रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा यो कम्पनीले ७ अर्ब ४४ करोड निक्षेप संकलन गरी १७.७९ करोड कर्जा परिचालन गरेको देखिएको छ ।