काठामाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले यस वर्ष खासै राम्रो प्रतिफल दिन नसकेको दखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो नौ महिनाको वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्षको तुलनामा संस्थाको नाफामा यस वर्ष उच्च गिरावट आएको देखिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा संस्थाको नाफा ४ करोड ४६ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ । यो गत वर्षको भन्दा करीब ४९ दशमलव २९ प्रतिशत कम होे । गत वर्ष संस्थाले ६ करोड ६६ लाख ९ हजार नाफा आर्जन गरको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र संचालन मुनाफामा व्यापक कमी आउँदा समग्र नाफा खस्किएको हो । गत वर्ष १ करोड ७० लाख खुद ब्याज आम्दानी गरेकोे संस्थाले यस वर्ष १ करोड ६५ लाखमात्र खुद ब्याज आम्दानी गर्न सकेको हो । यो गत वर्षको भन्दा करीब ३ दशमलव ३३ प्रतिशतले कम हो ।
यसैगरी, यस वर्ष संस्थाले खुद सञ्चालन मुनाफामा भने उच्च गिरावट देखिएको छ । गत वर्ष १० करोड १७ लाख सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले यस वर्ष ६ करोड ६८ लाख मात्र सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको हो । यो गत वर्षको भन्दा ५२ दशमलव १ प्रतिशतले कम हो ।
समीक्षा अवधिसम्म संस्थाले २ अर्ब ७५ करोड कर्जा परिचालन गरेको छ भने ७८ करोड ३५ लाख निक्षेप संकलन गरेको छ । यी दुवै सूचकमा संस्थाले यसवर्ष क्रमशः २६ दशमलव ६८ र १९ दशमलव ३ प्रतिशतले वृद्धि गरेको हो ।
गत वर्ष १ दशमलव ५१ प्रतिशत खराब कर्जा रहेको संस्थाको सो सूचक यस वर्ष वृद्धि भई २ दशमलव २ प्रतिशतमा पुगेको छ ।
गत वर्ष ११ करोड २० लाख चुक्ता पूँजी रहेको संस्थाले यस वर्ष सो पूजीँमा कुनै हेरफेर गरेको छैन । संस्थामा १५ करोड ५६ लाख जगेडा छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19