 
                     
                                
                             
                                    काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय खस्किएको छ।
नेपाल बीमा प्राधिकरणले तयार पारेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा २४.७२ प्रतिशतले घट्न पुगेको छ।
असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत औसतमा ३१ अर्ब २० करोड रुपैयाँ मात्रै प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय गत आर्थिक वर्षमा ५ प्रतिशतभन्दा बढी ग्रोथ हुने प्रक्षेपण गरे पनि जम्मा २.६४ प्रतिशतले मात्रै कुल व्यवसाय बढ्न पुगेको हो। बीमा कम्पनीहरुको मर्जरका कारण कार्यालय संख्या र कर्मचारी संख्या घटेसँगै नयाँ व्यवसाय धरापमा पर्न गएको प्राधिकरण स्रोतले बतायो।
अघिल्लो आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसायमार्फत ४१ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेका थिए। १४ जीवन बीमा कम्पनीकै प्रथम बीमा शुल्क आर्जन घट्न पुगेको छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा आर्थिक मन्दीको लहर चलेकाले गर्दा नयाँ व्यवसायमा सुधार नदेखिएको हो।
मर्जरमा गएका कम्पनीहरु प्रभु महालक्ष्मी र हिमालयन लाइफको प्रथम बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले नै घटेको देखिएको छ। साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्मको व्यवसाय छुट्टाछुट्टै सार्वजनिक गरे पनि यी दुई कम्पनीले प्रभु महालक्ष्मी लाइफको नाममा असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए।
एकीकृत कारोबार सुरु भइसकेका कारण दुई कम्पनीको व्यवसाय जोड्दा नयाँ व्यवसायमार्फत प्रभु महालक्ष्मीले १ अर्ब १४ करोड रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। अघिल्लो आर्थिक वर्षमा यी दुई कम्पनीको नयाँ व्यवसाय जोड्दा २ अर्ब २९ करोड रुपैयाँभन्दा बढीे प्रिमियम हुन पुग्छ।
त्यस्तै हिमालयन लाइफको पनि नयाँ व्यवसाय अघिल्लो आर्थिक वर्षको तुलनामा ४८.३७ प्रतिशतले घटेको देखिएको छ। साबिक युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ एकआपसमा मर्ज भई बनेको हिमालयन लाइफले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २९ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा साबिक यी तीन कम्पनीले नयाँ व्यवसायमार्पmत आर्जन गरेको प्रिमियम जोड्दा ४ अर्ब ४४ करोड रहेको छ।
मर्जरमा गएपछि प्रभु महालक्ष्मी र हिमालयन लाइफको नयाँ व्यवसाय झनै खस्किएको तथ्यांकले देखाएको छ। मर्जरपछि शाखा कार्यालय र कर्मचारी संख्या घट्दा नयाँ व्यवसाय धरापमा पर्र्न गएको हो।
त्यस्तै रिलायबल नेपाल लाइफको पनि ३७.३० प्रतिशत र सिटिजन लाइफको ३१.८१ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ।

 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19