IPO
काठमाण्डौ । शेयरमा लगानी गर्ने योजनाका साथ बसिरहनुभएको छ भने खुशीको खबर । खानी खोला जलविद्युत कम्पनी लिमीटेडलाई नेपाल धितोपत्र बोर्डले इनिसियल पब्लिक अफरिङ(आइपीओ) गर्न अनुमति दिएको छ ।
तपाईसँग पैसा भए आगामी जेठ १५ गतेदेखि यो कम्पनीको शेयरका लागि तपाईंले आवेदन दिन सक्नुहुनेछ ।
धितोपत्र बोर्डका अनुसार खानी खोला जलविद्युत कम्पनीले ९ करोड ३१ लाख मूल्यको ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर आइपीओ गर्ने अनुमति पाएको हो । धितोपत्र बोर्डले अनुमति दिएको मितिले २ महिनाभित्र कम्पनीले तोकिएको शेयर आइपीओ गरिसक्नुपर्ने हुन्छ ।
यो कम्पनीलाई आगामी जेठ १५ देखि २ हप्ताभित्र सर्वसाधारणका लागि आइपीओ गर्न समेत निर्देशन दिइएको छ । सिभिल क्यापिटल मार्केट खानी खोलाको आइपीओका लागि प्रवद्र्धकमा नियुक्त भएको छ ।
१ सय रुपैयाँ फेस भ्यालुको ९ लाख ३१ हजार ४ सय २९ कित्ता शेयर नै आइपीओ गर्दा खानी खोलाले प्रस्ताव गरेको थियो, सोही प्रस्ताव स्वीकृत भएको हो । यो जलविद्युत आयोजना ललितपुरमा अवस्थित छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19