काठमाण्डौ । सुर्य लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । 

खुद नाफातर्फ यो इन्स्योरेन्स कम्पनीले ६०.४३ प्रतिशतको वृद्धि हासिल गरेको हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ लाख १ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको यो बिमा कम्पनीले चालु आबको सोही अवधिमा १ करोड २३ लाख नाफा कमाएको छ । 

प्रिमियम आम्दानी १४ करोड ६४ लाखबाट वृद्धि भई २१ करोड ६६ लाख पुगेको छ । यो कम्पनीको चुक्तापुँजी ५० करोड रहेको छ। 

कम्पनीको सञ्चित कोष १४ करोड ६९ लाखबाट बढेर २० करोड २७ लाख पुगेको छ । यसैगरी, बिमा कोष १ अर्ब १४ करोडबाट बढी १ अर्ब ८५ करोड पुगेको छ । 

सुर्य लाइफको पोलिसी होल्डरको संख्या अघिल्लो वर्षको पहिलो त्रैमासमा २ लाख ५ हजार रहेकोमा यो वर्ष सोही अवधिमा वृद्धि भई २ लाख ९२ हजार पुगेको छ । 

यो कम्पनीको प्रतिसेयर आम्दानी ९.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४४.१६ रुपैयाँ र मुल्य आम्दानी अनुपात ९१.०५ गुणा कायम भएको छ ।