काठमाण्डौ । टेक कम्पनी एप्पलको पहिलो आधिकारिक स्टोर भारतमा खुलेको छ।
सीईओ टिम कुकले आज बिहान ११ बजे मुम्बईमा कम्पनीको पहिलो फ्ल्यागसिप रिटेल स्टोरको उद्घाटन गरे। उनले स्टोरको ढोका खोलेर मानिसहरुसँग फोटो खिचाएका थिए।
यो स्टोर रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको जियो वर्ल्ड ड्राइभ मलमा बनाइएको हो। एप्पलका अहिले २५ देशमा जम्मा ५५१ स्टोर छन्। अर्को एप्पल स्टोर दिल्लीको साकेतमा २० अप्रिलमा खुल्नेछ। त्यसपछि यसको संख्या बढेर ५५२ पुग्नेछ।
एप्पलको आधिकारिक र तेस्रो पक्ष स्टोरहरुबीचको सबैभन्दा ठूलो भिन्नता भनेको ग्राहक अनुभव हो। आधिकारिक खुद्रा स्टोरहरु उनीहरुको प्रिमियम ग्राहक अनुभवका लागि विश्वव्यापी रुपमा परिचित छन्। यसबाहेक यी स्टोरहरुमा धेरै सुविधाछन्। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी छन् र पसलको नेतृत्व पनि महिलाले नै गरेका छन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19