काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा किसान माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले खूद नाफा लगायतका केही सूचकमा कमालको प्रगति गरेको छ । 

यो कम्पनीले अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा खूद नाफा ४१४.६३ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष १९ लाख ६४ हजारमा सीमित यस्तो नाफा बढेर १ करोड १ लाख माथि पुगेको हो । 

कम्पनीले संचालन नाफातर्फ भने ७१२.९८ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष १८ लाख ७४ हजार रुपैयाँमा सीमित यस्तो नाफा बढेर १ करोड ५२ लाख माथि पुगेको हो । 

अघिल्लो वर्ष २ करोड ३६ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ३ करोड ६९ लाख बढी पुगेको छ ।

यो अवधिमा किसानले ३१ करोड ६३ लाख बढी निक्षेप संकलन गरी तथा १ अर्ब २ करोड बढी सापटी लिई १ अर्ब ३२ करोड बढी कर्जा परिचालन गरेको छ । 

निक्षेप ५५ प्रतिशत, सापटी ४४.५६ प्रतिशतले बढाएको कम्पनीले कर्जा भने ५४.९६ प्रतिशतले बढाएको देखिएको छ । 

अघिल्लो वर्ष २ करोड ३८ लाखमा सीमित कम्पनीको रिजर्ब बढेर २ करोड ४४ लाखको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष २.३१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर यो वर्ष २.७६ प्रतिशतको उचाईमा पुगेको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.६९ गुणा कायम भएको छ ।