काठमाण्डौ । सनराइज बैंक लिमीटेडे ललितपुरको खोकनामा नवौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
आइतबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रविन्द्र महर्जनले र बैं)कका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।
बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगायतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।
हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्यभर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए.टि.एममार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago