काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्ती संस्था र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

आइतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट उक्त कम्पनीका शाखा प्रबन्धक बद्रीनाथ पौडेलले हस्ताक्षर गरेका थिए । 

सम्झौता अनुसार यस वित्तीय संस्थाका ग्राहकहरुले यस वित्तीय संस्थाका जुनसुकै शाखाबाट एशियन लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमा सम्बन्धी सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने छन् । 

यसरी वित्तीय संस्थाले आफना २० वटा शाखाहरुबाट लघु वित्त सेवाको अतिरीक्त सेवामा विविधीकरण गर्दैं बिमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले जानकारी दिए ।