काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा संस्थाले ६८ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १५४.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि १५४.६८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ३८ लाख ६६ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ९८ लाख ४६ हजार रुपैयाँ पुगेको छ।
पहिलो त्रैमासमा संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ६२ लाख रुपैयाँमा थियो। यो हिसाबले खुद ब्याज आम्दानी भने १.६२ प्रतिशतले ओरालो लागेको छ।
चुक्तापुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ३.७५ प्रतिशतले बढेर ३ करोड ६ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा २ करोड ९५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा संस्थाले १ अर्ब ५५ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
पहिलो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर २.१९ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा एनपीएल ३.१८ प्रतिशत थियो।
वार्षिकीकृत संस्थाको ईपीएस बढेर ४.५५ रुपैयाँ भएको छ। अघिल्लो वर्ष एनपीएल १.७९ रुपैयाँ थियो। पीई रेसियो १८०.७४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४३.४७ रुपैयाँ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago