काठमाण्डौ । चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा गण्डकी विकास बैंकको रिजर्ब घटेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा रिजर्बमा २२.४२ प्रतिशतको गिरावट आएको हो, यो राम्रो संकेत होइन ।

रिजर्ब घटे पनि खूद नाफा र संचालन नाफा भने बढेको छ । 

अघिल्लो वर्ष २० करोड ४५ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष २६ करोड ५२ लाखको उचाईमा पुगेको छ भने ३१ करोड १४ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४० करोड ६१ लाखको उचाईमा पुगेको छ ।

बैंकले ४५ करोड ३७ लाखमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर ५५ करोड ४२ लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा गण्डकी विकास बैंकले २६ अर्ब १९ करोड निक्षेप संकलन गरी २३ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप ३१.४६ प्रतिशतले बढेको छ भने कर्जा ३३.१६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको यही अवधिमा ०.८८ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर ०.४१ प्रतिशतको सीमित भएको छ । 

चुक्तापूँजीमा ४९ प्रतिशतले वृद्धि हुनु र सो तुलनामा नाफा नबढ्दा वार्षिकीकृत प्रतिसेयर आम्दानी १३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष २२.१८ रुपैयाँ रहेको यस्तो आम्दानी घटेर यो वर्ष १९.२९ रुपैयाँमा सीमित भएको हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३२.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.०१ गुणा कायम भएको छ ।