काठमाण्डौ । गण्डकी विकास बैंक लिमिटेड गत आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ ।

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठक गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकले चुक्तापुँजी २ अर्ब ७५ लाख रुपैयाँको १७.३२ प्रतिशतले हुन आउने ४७ करोड ६३ लाख रुपैयाँ (करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी १२ औँ साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।