Right Share
काठमाण्डौ । गण्डकी विकास बैंकले आजदेखि ४ बराबर १ को अनुपातमा हकप्रद सेयरको बिक्री खुलाएको छ ।
यो बैंकले १०० रुपैयाँ अंकित दरका ४६ लाख ९ हजा ८ सय १५.५ कित्ता हकप्रद सेयर निश्कासन गरेको हो ।
ह्कप्रदका लागि बैंकका सेयरधनीले आगामी माघ ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।
बैंकले हकप्रद प्रयोजनका लागि मंसिर १५ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ मंसिर १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभूू क्यापिटल लिमीटेड रहेको छ ।
इच्छुक सेयरधनीले प्रभूू क्यापिटलको काठमाण्डौस्थित मुख्य कार्यालय, प्रभूू बैंक र गण्डकी विकास बैंकका सबै शाखा कार्यालयबाट हकप्रदका लागि आवेदन दिन पाउनेछन् ।
इक्रा नेपालले यो बैंकको हकप्रदलाई आइपीओ ग्रेड थ्रीको रेटिङ प्रदान गरेको छ, यसको अर्थ कम्पनीको आधारभूत पक्ष औसत छ भन्ने हो ।
गण्डकी विकास बैंकको हालको चुक्तापूँजी १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि २ अर्ब ३० करोडको उचाईमा पुुग्नेछ । नेपाल राष्ट्रबैंकले तोकेअनुसारको पूँजी पुर्याउन त्यसपछि यो बैंकले २० करोड रुपैयाँ थप्नुपर्ने हुन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago