काठमाण्डौ । नेपाल बैंकर्स संघको प्रादेशिक कमिटीहरु समेत बन्न थालेका छन् । यो क्रममा गण्डकी प्रदेशका विभिन्न वाणिज्य बैंकका प्रमुखहरुको सहभागितामा प्रदेशस्तरीय कमिटी गठन भएको छ । 

एनबिएको गण्डकी प्रदेश संयोजकमा एनआइसी एशियाका दीपेन्द्र शर्मा चयन भएका छन् । 

यस्तै, सह संयोजकमा सानिमा बैंकका बबुक तण्डुकार चयन भएका छन् भने सदस्यहरुमा राष्ट्रिय वाणिज्य बैंकका ऋषिराम ढकाल, प्राइम बैंकका सूर्यराम तिवारी, एनसीसी बैंकका सुमन आचार्य, प्रभू बैंकका शान्ति शेरचन चयन भएका छन् । 

कमिटीको सचिवमा सिभिल बैंकका समीर केसी चयन भएका बताइएको छ । 

यो कमिटीले आउँदा दिनमा प्रादेशिक कार्यक्रम तथा कतिपय सवालमा एनबिएको प्रतिनिधित्व गर्ने बताइएको छ ।