काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशमा ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख गरेको छ ।
अघिल्लो आर्थिक वर्षभन्दा ०.४ प्रतिशतले कर्जा विस्तार भएको पनि केन्द्रीय बैंकले बताएको छ ।
बैंकले समीक्षा अवधिमा निक्षेपतर्फ अधिकतम १९.२८ प्रतिशतले वृद्धि हुँदै कुल ४ खर्ब ७४ अर्ब ९० करोड पुगेको उल्लेख गरेको छ ।
अघिल्लो वर्षको सोहि अवधिमा कुल निक्षेप ८.१ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा परिचालित कुल ३ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँकर्जा मध्ये कृषि क्षेत्रमा ३१ अर्ब ४५ करोड रुपैयाँ, औद्योगिक क्षेत्रमा ३७ अर्ब ४८ करोड रुपैयाँ, सेवा क्षेत्रमा १ खर्ब ११ अर्ब ९० करोड रुपैयाँ र अन्य क्षेत्रमा (रियल स्टेट, शिक्षा, उपभोग लगायतका अन्य क्षेत्रमा) खर्ब ७१ अर्ब ८४ करोड रुपैयाँ प्रवाह भएको छ ।
त्यसैगरी, २०८० असार मसान्तमा निक्षेपकर्ताहरुको संख्या १२.३८ प्रतिशतले वृद्धि भई ५६ लाख ३९ हजार ४ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेपकर्ताको संख्या चाहिं २१.१ प्रतिशतले वृद्धि भएको थियो ।
त्यस्तै २०८० असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल २५ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
यस्तो कर्जा २०७९ असार मसान्तसम्ममा गण्डकी प्रदेशमा कुल ३० अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
उक्त प्रदेशमा प्रवाहित कुल कर्जाको ४२.५ प्रतिशत कास्की जिल्लामा प्रवाह छ भने सबैभन्दा कम मनाङ जिल्लामा ०.२ प्रतिशत मात्र प्रवाह छ ।
औद्योगिक उत्पादन क्षमता २.२ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेशको औद्योगिक उत्पादन क्षमता अघिल्लो वर्षको तुलनामा २.२ प्रतिशतले वृद्धि भएको छ ।
२०७९ फागुनसम्म गण्डकी प्रदेशमा दर्ता भएका उद्योगको संख्या ७१ हजार ८९७ छ भने दर्ता भएका वाणिज्य फर्मको संख्या ६८ हजार ३६४ छ ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा गण्डकी प्रदेशमा ८३० उद्योग दर्ता भएका छन् ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago