काठमाण्डौ । गण्डकी विकास बैंक लिमीटेडका सेयरधनीहरुले विगत ५ वर्षदेखि ५४ लाख ८२ हजार भन्दा बढी नगद लाभांश नलगेका देखिएको छ ।
बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०६२/६३ देखि नगद लाभांश नलिएका सेयरधनीलाई लाभांश लिन बोलाएको छ ।
फाइनान्स कम्पनी र विकास बैंकहरुबीच मर्ज भई राष्टिय स्तरको विकास बैंक बनेको गण्डकीबाट सेयरधनीले आर्थिक वर्ष ०७०/७१ सम्म ५४ लाख ८२ हजार १० रुपैयाँ १ पैसा नगद लाभांश लिएका छैनन् ।
साविक फेवा फाइनान्स लिमीटेडबाट आर्थिक वर्ष ०६२/६३ मा बितरितमध्ये ७६ हजार ४ सय ९९ रुपैयाँ ९९ पैसादेखि साबिक गण्डकी विकास बैंकबाट बितरित लाभांशमध्ये आर्थिक वर्ष ०७०/७१ मा ७ लाख ३१ हजार ५ सय ७४ रुपैयाँ समेत सेयरधनीले लगेका छैनन् । फेवा फाइनान्स, साबिकको विश्व विकास बैंक र साबिकको गण्डकी विकास बैंकबाट गरी निम्न आर्थिक वर्षबाट निम्न रकम सेयरधनीले नलगेका हुन्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago