काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
संस्थाको गत शुक्रबार (कात्तिक २१ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो। गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांश वितरणका लागि प्रस्ताव नगरिएको संस्थाले जनाएको छ।
बैठकले २०७७ असार ३१ गतेको वासलात र २०७६ साउन १ गतेदेखि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेस गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago