 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सोमबार कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरीबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष सिलवालले बीमा अन्तरराष्ट्रिय सिद्धान्तका आधारमा चल्ने भन्दै बाहिर आए जस्तो दाबी भुक्तानीमा समस्या नभएको र बीमा कम्पनीहरूबाट ७० प्रतिशतभन्दा बढीको दाबी भुक्तानी भइसकेको तथ्याङ्क आफूसँग रहेको बताए ।
सोही कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा दायरा विस्तारका लागि कानूनी र नीतिगत व्यवस्थाका साथ अगाडि बढ्ने बताए ।
मुख्यमन्त्री कार्कीले बीमा कम्पनीहरूले लोभलालच देखाएर वा प्रभावित पारेर बीमा गर्न नहुने बताए ।
यसैगरी, कार्यक्रममा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमाको विकास एवम् दायर विस्तारमा प्रदेश सरकारको भूमिका लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रमुख सचिव र प्रदेश मन्त्रालयका सचिवहरू, प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीहरू, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रमुख लगायतको सहभागिता थियो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19