 
                     
                                
                             
                                    काठमाण्डौ । गरिमा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा कास्कीको पोखरास्थित होटेल पोखरा ग्रान्डमा हुनेछ।
सभाले बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्ताव गरेको चुक्तापुँजीको ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५०१.८९ रुपैयाँको कुल १४.५ प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार ६५७.७८ रुपैयाँबराबरको लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार ५५५.२५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.५ प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार १०२.५३ रुपैयाँबराबरको नगद लाभांश छन्।
गरिमा विकास बैंकले साबिक सहारा विकास बैंक प्राप्ति गरी २०७८ कात्तिक २८ गतेदेखि एकीकृत कारोबार गरेको सन्दर्भमा प्रचलित कानुनबमोजिम लामांश कर छुट पाउने सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्नुका साथै कर छुट नपाउने सेयरधनीहरुको हकमा नगद लाभांशबाट कर भुक्तानी गरिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आउँदो पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि गरेको छ। यसको अर्थ पुस ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19