काठमाण्डौ । ज्योति विकास बैंकले धादिङ्गको गल्छी गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । 

गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमबीच असार ११ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे । 

सो अवसरमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले गल्छीमा शाखा खोलेकोमा खुशी व्यक्त गर्दै बैंकको प्रगतिको कामना गरे । साथै बैंकका अध्यक्ष श्री हरि चन्द्र खड्काले ज्योति विकास बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा रहेको र व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघु कर्जादेखि ठूला औद्योगिक कर्जा प्रवाह गरिने बताउन हुँदै ज्योति विकास बैंकको सेवा लिन आग्रह गरे ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ भने यसै आर्थिक वर्षभित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढी खाताबाट रु. १६ अर्व २ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणी मार्फत रु. १४ अर्व ६० करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।