काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले नयाँ शाखा कार्यालय विस्तार गरेको छ । कम्पनीले सोमबार बुटवलको चौराह राजमार्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख सावित्रादेवि अर्याल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले संयुक्त रुपमा रिबन काटेर उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् । 

गार्डियन माइक्रो लाइफसँगको सहकार्यमा नगरवासीमाझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने उपप्रमुख अर्यालले बताइन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए । डिजिटाइजेसनमा जोड दिंदै कम्पनीमा दाबी फर्छ्यौट तथा भुक्तानी प्रक्रिया सहज र छिटोछरितो बनाउने सीईओ भण्डारीले बताए । 
उक्त शाखा कार्यालयबाट कम्पनीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु उपलब्ध हुने भण्डारीले बताए । 

साथै सो शाखामार्फत बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । शाखा उद्घाटन कार्यक्रममा नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्णबहादुर थापा, बुटवल–८ का वडा अध्यक्ष यज्ञप्रसाद पंगेनी, कम्पनी सचिव रामप्रसाद पौडेल, बुटवल शाखा इन्चार्ज कृष्णकुमार पुरी र स्थानीयको सहभागीता रहेको थियो ।