काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।
कम्पनीले नेपालगञ्जमा आफ्नो सातौं शाखा सञ्चालनमा ल्याएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख कमरुद्धीन राईले उक्त शाखा कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उपप्रमुख राईले कम्पनीले आफ्नो उद्देश्य अनुरुप ग्रामीण बस्ती र लक्षित वर्गमा पुगेर बीमा सुविधा प्रदान गर्ने अपेक्षा आफूले गरेको बताए ।
यसैगरी, कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले बीमाको पहुँचबाट टाढा रहेका र न्यून आय भएका व्यक्ति, विपन्न वर्ग, श्रमिक वर्गलाई बीमाको सुविधा दिएर आर्थिक सुरक्षा प्रदान गर्ने उद्धेष्य रहेको बताए ।
त्यस्तै, कम्पनीका प्रदेश प्रमुख विमल खड्काले स्थानीय निकायसँग सहकार्य गर्दै न्यून आय भएका सबैलाई बीमाको सुविधा प्रदान गरिने जानकारी दिए ।डिजिटल प्रविधिको विकास गरी जनस्तरमा लघु जीवन बीमा सेवा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेकोसमेत उनले बताए ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका-१ का वडाध्यक्ष तथा प्रवक्ता प्रमोद रिजाल, वडा नं. २ का वडाध्यक्ष मनोज कुमार श्रेष्ठ, वडा नं. ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठ, क्रिकेट संघ बाँकेका अध्यक्ष सरोपर प्रसाई, नेपाल ई-रिक्सा व्यवस्थापन कम्पनीका अध्यक्ष कुमार सिं ठकुरी, जिल्ला सहकारी संघकी उपाध्यक्ष मिना सिग्देल, राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल लगायत सर्वसाधारणको सहभागिता थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago