काठमाण्डौ । यस गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औं वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको छ । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६-०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८५ ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष विश्व प्रकााश साखःले प्रस्तुत गरेको आ.ब.२०७६-०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४५बोनस शेयर तथा ३.६५नगद लाभांश गरि जम्मा १२५वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले गत वर्ष विश्वभर महामारीको रुपमा फैलिएका कोभिड१९ का कारण नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी दिए ।
साथै साधारण सभाले पारित गरेको उक्त आ.व.को ३.६५ले हुन आउने नगद लाभांश सोही दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago